समाचार

सपनाको बूढानीलकण्ठ।

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

 

वि.सं २१०३ को नयाँ वर्षको अघिल्लो दिन आरभि कुँइकेल र पासाङ लामाको भेट हुँदैछ। पासाङ अमेरीकामा बस्छिन्। उनको बुबाआमा सँगै। आफ्नो ब्याचलर कलेज सकाएर उनि नेपाल आएकि हुन्। उनि अमेरीका जाँदा ४ वर्षको थिईन। जेनी कलेजको प्रोजेक्ट गर्न आफ्नो पुर्ख्यौलि थलो आएकि हुन्। आज आरभीको काम भनेको पासाङलाई बूढानीलकण्ठ घुमाउनु हो। दिन भरी घुमिसकेपछि पासाङ आफ्नो डायरीमा लेख्न थालिन।

*****

गोल्फुटार चोकमा एउटा बस रोकियो। बसले धुँवा फालेको देखिएन। पक्कै पनि विद्युतिय बस हो। लोभ लाग्ने व्यवस्थापन रहेछ। धेरै छिटो र ढिलो पनि नकुद्ने। जिपिएस ट्रयाकिङ बाट नै बसको नियमन हुँदो रहेछ। पैसा पनि बोक्नु नपर्ने। कार्ड सिस्टम चल्दोरहेछ। एउटा अचम्मको कुरा यहाँ निजि सवारी साधनहरु कम देखियो। किनकी छोटो दुरिमा हुने कामको लागी नागरीकहरुले सार्वजनिक यातायात नै प्रयोग गर्ने रहेछन्। यसले गर्दा सडकमा सवारी चाप कम हुने। व्यक्तिगत सवारी साधन पनि नभएका होइनन्। तर सबै साधन विद्युतिय राख्दा रहेछन्। र कतै भ्रमणमा जानु पर्यो वा लामो दुरीको यात्रा गर्दा मात्र निजि सवारी साधनको प्रयोग गर्ने संस्कृति रहेछ। 

 

बूढानीलकण्ठको अहिलेको मेयर हावर्डमा शहरी विकास पढेर आएका हुन्। स्थानीय स्वशासनमा उनको विशेष दख्खल छ।  उनि नगरपालिकाको Future leader program को उत्पादन हुन। Future Leader Progam चाँही भविष्यमा सार्वजनिक नेतृत्वमा जानेहरुको लागी तयार पारिएको कार्यक्रम थियो।  यसले आउने पुस्ताको नेतृत्च तयार पारिरहेका थियो। वि.सं २०९९ सालको स्थानीय निर्वाचनको लागी पहिले नै प्रतिस्पर्धिहरुलाई तयार पारेर राखिएको थियो। त्यस निर्वाचनमा उनले गैल दलिय हैसियतमा चुनाव जितेका हुन्। पार्टी भन्दा पनि व्यक्तिगत क्षमताको आधारमा चुनाव हुने गर्छ बूढानीलकण्ठमा। पार्टीको झण्डा भन्दा पनि एजेण्डाको आधारमा भोट दिने गर्छन् नगरका मतदाता हरुले।  नेपाल भरीमा बूढानीलकण्ठ मात्र यस्तो स्थानीय तह हो जसमा नगरपालिकामा गैर दलिय निर्वाचन हुन्छ। दलमा नै आबद्धहरु पनि स्वतन्त्र रुपमा लड्ने गर्दछन्। स्थानीय सम्प्रभुता कायम राख्न यहाँका कार्यकर्ताहरु दलको निर्देशन मान्दैनन्। समावेशिता, दिगो विकास, र ज्ञानको केन्द्रको रुपमा बूढानीलकण्ठ परिचित छ। 

यस नगरका नीतिहरु कपन क्याम्पसको विस्तारीत रुप Budhanilkantha University को पोलिसि रिसर्च विङ्ग ले निर्धारण गर्दछ। आगामी १५ वर्षको लागी कस्तो तयारी गर्नु पर्छ र अहिले के गर्नु पर्छ भनेर अहिले सोध भईरहेको छ। यस रिसर्च विङ्ग नेपालकै प्रतिष्ठित हो। त्रिभुवन विश्व विद्यालय लगायत दक्षिण एसियाका प्रोफेसरहरु पनि यहाँ आफ्नो समय दिईरहेका हुन्छन्। 

 

Innovation center ले देशका ५०% स्थानीय तहमा आफ्नो जनशक्ति निर्यात गरिरहेको छ। ईनोभेसन सेन्टरको कन्सेप्टले  बूढानीलकण्ठका धेरै युवाहरुले नविन व्यवसायहरुको सुरुवात गरेका छन्। यो शहरमा आउटसोर्सिङ कम्पनीहरु धेरै रहेका छन्। आईटीमा बूढानीलकण्ठ भनेको भारतको बैङ्गलोर जस्तै हो। युवा मैत्रि संरचनाहरु पार्क, खेल्ने स्थल, मनोरञ्जन स्थलहरु कति व्यवस्थित। 

 

मानशिक स्वास्थ्य मैत्री शहरको लागी चाहिने संरचनाहरु धेरै नै रहेछ बूढानीलकण्ठमा। विदेशी र कर्पोरट प्रोफेसनलहरु यहाँको आध्यात्मिक केन्द्रमा स्ट्रेस म्यानेजमेन्टका तालिम लिईरहँदा यहाँका स्थानीय हरु भने एक जना पनि देखिएनन्। कपनको मेडिटेसन हबमा विदेशीहरुको आकर्षण कस्तो राम्रो। यहाँ त विद्यालय र सामुदायिक तह देखीनै त्यस्तो तालिम र शिक्षा दिईने रहेछ। 

 

वागद्वार र विष्णुमतिको मुहान पुग्न त कहाँ सजिलै पाईन्छ र! यसको लागी तपाँईले विशेष समय दिनुपर्ने हुन्छ। वागद्वार हाईकिङ रुट काठमाण्डौ उपत्यकाकै सबैभन्दा आकर्षक र छोटो रुटको रुपमा रहेको छ। यसको लागी १ दिन लाग्छ। आधा दिनको हाईकिङ, चरा अवलोकनको लागी पनि बूढानीलकण्ठ प्रसिद्ध छ। यहाँ जगंलमा जाँदा जति खानेकुरा लगेको छ। ति सबै वस्तुहरुले उत्सर्जन गर्ने अजैविक फोहोरहरु फर्किदा खेरी गेटमा नै बुझाउनु पर्ने हुन्छ। चकलेटका र्यापर र सामान्य नकुहिने फोहोर  फाल्नको लागी डस्टबिन हरु सडकको दाँया बाया रहेछन्।

 

बूढानीलकण्ठले आफुलाई विद्यालय शिक्षाको हब बनाएको रहेछ। देशभरबाट पढ्न आउँछन। घरमा पेईङ गेस्ट, होम स्टे भएको कारण आम्दानी पनि बढेको छ। विद्यार्थीहरु रमाउने पनि त्यतिकै नगर आफैले सफ्टवेयर मार्फत मोनिटरीङ गर्ने गर्दछ। यहाँको सरकारी विद्यालयहरुमा पढ्नको लागी निकै तछाँड मछाँड हुने रहेछ। सबै विद्यालयको नतिजा पनि कति राम्रो। कक्षा ८ देखी नै विद्यार्थीहरुले आफ्नो भविष्यमा पढ्ने विषयहरु रोज्न पाउने। 

 

हामी हिड्दै थियौँ। एउटा मान्छेलाई गार्हो भएजस्तो देखियो। बिरामी परे जस्तो छ। आरभिले नगरको कल सेन्टरमा फोन गरिन। तुरुन्त एम्बुलेन्स आयो। कुनै पनि समस्या पर्दा वा जानकारी लिँदा हेलो बूढानीलकण्ठ कल सेन्टरमा कल गरे हुने। बूढानीलकण्ठ नगरमा भिड जस्तो देखीयो थियो। सेवा ग्राहीको भिड हो? मैले सोधेँ।  ए! यो त अर्घाखाँची र झापाका २ नगरपालिकाहरुको अध्ययन भ्रमण हो। हाम्रो नगरले अध्ययन भ्रमण गर्नेहरुलाई व्यवस्थापन गर्न छुट्टै शाखा खोलेको छ। जहाँ उनिहरुले दैनिक जसो आउनेहरुलाई ब्रिफ गर्ने काम गर्छन्। भ्रमण दलमा एकजना अपाङ्गता भएका रहेछन्। उनको ह्विलचियर नगरको कोशी सम्मै जान सक्यो। समावेशी पुर्वाधार रहेछ। कौशी मात्र होईन यस पालिकाका सबै जसो स्थानमा समावेशी पुर्वाधार छ। महिलाहरुको लागी सुरक्षित शहर। यहाँ दुर्व्यशनी छैन। यहाँको नगरपालिकाले अन्य ५० नगरपालिकालाई लोन दिएको छ। ब्याजबाट मात्र बार्षिक १ अरब कमाउँछ नगरपालिकाले। डाटा सेन्टर रहेछ। पब्लिक हेल्थ ईन्फरमेसन सिस्टम रहेछ। सबैलाई जानकारी रहेछ। डिजिटल बूढानीलकण्ठ। यहाँ किन भिड देखिन्न नि। किन देखियोस त सबै काम डिजिटल्ली हुन्छ। 

 

शहर भरिका घरको स्वरुपहरु कस्तो मिलेका। कसरी यस्तो भयो? यो सबै नगरपालिकाको कारणले र नागरीकको सहयोगले भएको हो। जग्गाको क्षत्रफल अनुसार नगरपालिकाले फ्रिमा नक्शा बनाईदिन्छ। र, नक्शा पास पनि आधा घण्टा भित्र नै सम्भव हुन्छ। डिजाईन पनि नेपाली मौलिक शैलिका छन्। यि घरहरुले कति राम्रो देखिएको छ बूढानीलकण्ठ। पाथिभरा, सिर्जना वस्तिमा कति ठुलो अपार्टमेन्ट। बाँकी स्थान चाँही खुल्ला रहेछ। कम्युनिटी स्पेश। बालबालिकाहरु खेलिरहेका। 

 

बूढानीलकण्ठमा मेडिकल वेस्टलाई मात्र फोहोर भनिदो रहेछ। प्लास्टिक त कसैले बोक्दैन। यहाँको जैविक फोहोर हरु बाट अर्गानिक मल बन्दो रहेछ। फेरी त्यो मल यहाँको तरकारी फार्ममा जाने। तरकारी उत्पादन पनि निकै राम्रो स्तरमा रहेछ। यहाँको अर्थतन्त्र निकै राम्रो भईरहेको छ। 

 

हामी ‘याङ्ला दिम’ भन्ने एउटा रेस्टुरेनमा बस्यौँ। तामाङ जातिको सांस्कृतिक थिममा बनेको रेस्टुरेन्ट निकै आकर्षक थियो। त्यहाँ बस्दै गर्दा उसको काकाको छोरा आयो र भन्यो। “आज हतार छ एकछिन मात्र बस्छु।” किन र? आरभिले सोधिन्। “आज हाम्रो सिटी स्टेडियम मा National League को तेस्रो स्थानको क्लब सँग BFC को खेल छ। अनि मैले सोधेँ First चाँही कुन क्लब छ नि? ल हामी नै हो नि BFC आज जित्यो भने १० अकंको अग्रता हुन्छ। हाम्रो BFC खेल्न धेरै खेलाडि लालायित हुन्छन्। तर ६ जना भन्दा बढि खेलाडी बाहिरको राखिदैन यहाँका पनि १ से १ छन्। यहाँका खेलाडी अन्य क्लबबाट पनि खेल्छ्न। टिकट बेचेर मात्र नगरले वार्षिक १ करोड बचाउँछ।” मलाई धेरै रमाईलो लाग्यो यहाँको खेल संस्कृति देखेर। यहाँको क्रिकेट स्टेडियममा राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरु सञ्चालन हुने रहेछ। 

 

खानेपानी र शहरी बाढीको कुनै समस्या छैन। किनकी सबै घरले आकाशे पानी संकलन गर्ने र जमिन मुनि पानी पठाउने रिचार्ज प्रणालीको व्यवस्था गरेका रहेछन्। यसले गर्दा धेरै जसो पानी सडकमा नआउने रहेछ। घर बनाउने बेलामा नै नगरपालिकाले सबै मापदण्ड लागु गराउँदो रहेछ। 

 

नेपाल भरमा यो मात्र यस्तो नगर हो जसले सडक विभाग र खानेपानी आफै हेर्छ। संघ र प्रदेश सरकारले यस क्षेत्रको सम्पुर्ण बजेट सिधै दिन्छ। कसरी सम्भव भयो त! MDCC भन्ने छ। नगर विकास समन्वय समिति, त्यो अन्तर दलिय संयन्त्र हो। अन्तर सरकारको समन्वय पनि हेर्छ। झगडा नै हुदैन। सबै मिलेर लागेका छन्। बूढानीलकण्ठ बनाउन। 

 

आर्थिक विकासको मेरुदण्ड त सहकारी रहेछ। कोअपरेटिभ टावरमा लगानी गरेका रहेछन्।  खानेपानी कम्पनि, फोहोर व्यवस्थापन र स्वास्थ्य केन्द्र ३ वटै क्षेत्र सहकारी मार्फत चलेको रहेछ। नागरीककै लगानी अनि फाइदा पनि नागरीकलाई। मलाई त यहाँ भिजिट गर्दा आर्थिक हब जस्तो लाग्यो। कति धेरै रेस्टुरेन्ट। देशकै ५ वटा फेमस ब्राण्डको होम सिटी रहेछ बूढानीलकण्ठ। पाउ ब्राण्डको जुत्ता त ३ वटा देशमा निर्यात हुदोरहेछ। घरेलु उत्पादको लागी ई-कमर्श प्लेटफर्म रहेछ। मोबाईल एप बाटनै आफ्नो सामानको बिक्री गर्न सकिने। वितरण गर्न युवाहरुले खोलकेो कम्पनी रहेछ। सबै पक्षमा ध्यान दिईएर गरीएको विकास निकै अनुकरणिय नै छ। 

 

Budhanilkantha मा ट्विन टावर को आज नयाँ वर्षको लाईट देखाउने रे। बुर्ज खालिफामा जस्तै। यहाँ अन्डर ग्राउण्ड पार्किङ स्टेसन छ। त्यो पनि २ तलाको । एउटा प्राईभेट हो अनि अर्को पब्लिक भेईकल को। अन्डर ग्राउण्डमा त संसार नै छुट्टै रहेछ। वि.सं २१०३ को नयाँ वर्षमा बूढानीलकण्ठ ट्विन टावरमा विशेष कार्यक्रमको आयोजना गरीएको छ। २ वटा टावर मध्ये एउटा चाँही व्यापारिक हो। अर्को चाँही रेसिडेन्सियल। ४१ रोपनी जमिनको अधिकांश भाग त खुल्ला छ। जसमा कार्यक्रमहरु गर्न मिल्ने, बिहान बेलुका टहलिन मिल्ने खालको संरचनाहरु बनेको छ। बालबालिकाहरु स्केट गर्दैछन्। 

 

बूढानीलकण्ठको हावाको स्तर पनि कति राम्रो सबै EV चल्दा रहेछन्। अन्य स्थानमा भन्दा बूढानीलकण्ठका नागरीकहरु साईकल चढ्ने संस्कृति धेरै रहेछ। अरु ठाउँमा बाईक वर्कसप हुन्छन्। यता त साईकल स्टेसन रहेछन्। 

 

विष्णुमतिमा विशाल पानि पोखरी देखेर मलाई रमाईलो लाग्यो। पर्यटकहरु आउँदा रहेछन्। बूढानीलकण्ठ स्कुल को जग्गामा रानिपोखरी जत्रै पोखरी बनाईएको रहेछ। त्यस्तै नगरपालिकाको बिचमा रहेको जगंल र पोखरी पनि निकै रमाईलो थियो। 

 

संस्कृति प्रवर्द्धनमा कति राम्रो काम भएको। सांस्कृतिक गुठिहरुलाई वार्षिक रुपमा विशेष बजेटको व्यवस्था दिने गरिएको छ। यहाँको होटल तथा रेस्टुरेन्टहरुमा स्थानीय तामाङ र नेवारी प्रस्तुति हरु हेर्न पाईने व्यवस्था। 

 

नेपाल भरी शहरी विकासको क्षेत्रमा बूढानीलकण्ठ मोर्डन क्रान्तिको शहरको रुपमा परिचित छ। वैशाख ३० को सम्झनामा स्मारक बनाएका रहेछन्। किन वैशाख ३०? किनकी २०७९ सालको वैशाख ३० गते नगरवासीहरुले बूढानीलकण्ठलाई यस्तो बनाउने भन्ने रोडम्यापलाई स्वकार गरेको दिन थियो। त्यो एउटा क्रान्तिको दिन थियो। सबै नगरवासीले २०७९ साल वैशाख ३० लाई सम्झिरहनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *