मेरै उमेरका साथिभाईहरु बाध्यताले विदेश जानु नपरोस्।

म जति बेला अलि अलि पढ्न र बुझ्न सक्ने भएको थिएँ बुबाको भुमिगत कालिन डायरी हेरेर परिवर्तन प्रति आकर्षित भएको थिँए। आफ्नो व्यक्तिगत र पारिवारीक मात्र होइन कि बृहत्तर समाजको परिवर्तन र समृद्धि राजनितिको प्रयोग द्वारा हुन्छ भन्ने विश्वास थियो। सँग-सँगै बामपन्थिहरुले बहुमत पाउँदा यो देशको कायापलट हुन्छ। समृद्धिको यात्रामा जान पाईन्छ भन्ने विस्वास थियो। सानै देखी त्यही पढियो, पढाईयो र विस्वास पनि गरियो। 

वि.सं २०७४ सालको संसदिय निर्वाचन मार्फत जसरी बामपन्थिहरुले प्राप्त गरेका जनमतहरु जोगाउन नसक्नु र देश झन् राजनैतिक अस्थिरता तर्फ जान खोजेकाले म भित्र एउटा प्रश्न उब्जियो। यत्रो बहुमतले किन काम गर्न सकेन? देशको कायापलट बहुमत प्राप्त गर्दा मात्र हुने कुरा त होईन रहेछ। 

आखिरमा त व्यवस्थापकिय क्षमता र कौशलताको विषयले खास अर्थ राख्ने रहेछ। सरकारलाई नेतृत्व गर्ने जुन संरचना छ। त्यो पदले निश्चित सिप, मानशिकता र ज्ञानको माग गर्दो रहेछ। तर, हाम्रो अहिलेको राजनिति मार्फत जो त्यो पदमा पुगिरहेको छन्। उनिहरुले त्यो सिप सिक्न पाएकै छैनन्। किनकी हिजो केही चिज भत्काउने आन्दोलनमा सहभागी भएर आएको पुस्ताले सिर्जनाको आन्दोलनमा आफुलाई ढाल्नै सकेन। त्यो पदले माग गर्ने क्षमताहरुमा ढाल्न नसक्दा परिणामहरु देखिन सकिरहेको छैनन्। ढिलो देखिने वाला छ।

तर, अर्को तर्फ दैनिक १५सयको सङ्ख्यामा युवाहरु विदेशिरहँदा मन चसक्क पोल्ने रहेछ। अहिले युवा जनसङ्ख्या धेरै भएको मुलुकमा यति धेरै रेमिट्यान्स भित्रिदा त अर्थतन्त्र यस्तो बिजोग अवस्थामा छ। भोली मेरो उमेर सँग-सँगै यो देश बुढो हुँदै गर्दा विस्तारै विकास गरेर हाम्रो अहिलेको जनसङ्ख्याको मागलाई धान्न सकिदैन। त्यति बेला हाम्रो अर्थतन्त्र नै ध्वस्त हुने दिशा तर्फ जान सक्छ। 

आज जुन दरमा युवाहरु बाहिर गईरहेका छन्। उनिहरुलाई यो देशको प्रणाली सँग मोह भंग भएर हो। हाम्रो प्रशासनले त्यो युवा जनशङ्ख्याको आकांक्षालाई बुझ्नै सकेको छैन। उनिहरुका समस्यालाई पर्गेल्न सकेकै छैन। 

फल स्वरुप सबै तिर निराशा पैदा भएको छ। त्यसकारण अहिले नै हामीले हाम्रो संविधानले दिएको अधिकारको उपयोग गर्दै विभिन्न तहका सरकारहरुले प्रदान गर्ने सेवा र जिम्मेवारीहरुलाई प्रभावकारी ढंगले लागु गर्नु पर्ने छ। संविधानले ग्यारेन्टी गरेका मौलिक हरुको प्रभावकारी कार्यान्वयन गर्न सक्ने राजनितिक जनशक्तिको अभाव छ आज।

मलाई पनि थाहा छ, निराशा सबै तिर छ। तर पनि कोशिस त गर्नै पर्यो। एउटा आशा त जगाईरहनु पर्यो। त्यसैले पनि हतारो भएर। यो यात्रामा होमिन आएको हो। 

आफ्नो व्यक्तिगत र पारिवारिक समृद्धि मात्र हेरेको भए म यो निर्णयमा पुग्दिना थिएँ होला। आफ्नो भन्दा पनि यहाँ चिन्ता देशको हो। आउने पुस्ताको हो। आउनु होस यो देश बनाउने यात्रा बूढानीलकण्ठ बाट सुरु गरौँ। 

हामी भित्रको ‘म’ परिवर्तन हुन सक्यो भने ‘हामी’ परिवर्तन हुने हो। हाम्रो समाज परिवर्तन हुने हो। जति छिटो आफु माथि विजय पाउन सक्नुहुन्छ त्यति छिटो हाम्रो समाज बदलिन्छ।
लक्ष्य २०७९
परिवर्तन सम्भव छ।