सफा, सुन्दर र साझा बूढानीलकण्ठको लागी नागरीक सरकार बनाऔँ।

‘यो देश यस्तै छ। यहाँको सिस्टम यस्तै छ भन्ने गरेको धेरै भयो। नेपाली यस्तै छ, हाम्रो नेपाल अनि समाज यस्तै छ भनेको पनि धेरै भयो। तर जब सम्म हामी भित्रको ‘म’ परिवर्तन हुँदैनौँ। यो देश पनि परिवर्तन हुँदैन। देश बदल्न आफु बदलिनु पर्छ। आफ्नो मत बदल्नु पर्छ। सबै समस्याका समाधान एकैपटक गर्न सकिदैन। तर सुरुवात गर्न सकिन्छ। त्यो सुरुवात आफु बाट गरौँ। आफ्नो ठाउँ बाट गरौँ। बूढानीलकण्ठ बाट गरौँ। नगरमा नागरीकको सरकार बनाऔँ। स्थानीय तहलाई गैर दलिय बनाऔँ। दल होईन दृष्टी खोजौँ, पार्टीगत होईन स्वतन्त्र रोजौ। 

 

तथ्याङ्कमा आधारित सुशासन

  • एउटा निशुल्क नम्बरको व्यवस्था गरी जनताको गुनासो सुन्ने र, आवश्यक जानकारी लिन सकिने व्यवस्था।
  • एकद्वार फाईल प्रणाली लागु गर्ने जसबाट फाईल हराउने, बोकेर हिड्नुपर्ने युगको अन्त्य गर्ने।
  • सोध तथा अनुसन्धान शाखाको स्थापना।
  • सेवाग्राही द्वारा सेवाको स्तर मुल्याकंन गर्न एपको व्यवस्था
  • डिजिटल बूढानीलकण्ठको मास्टर प्लान निर्माण गर्ने र चरणबद्ध रुपमा डिजिटल शासन सुरु गर्ने।

विध्यमान कर नीतिको पुनरावलोकन गर्ने 

  • घर बहाल कर र व्यवसाय करमा ५०% छुट।
  • भुगोल र प्रयोजन अनुसार सम्पत्ति करको फरक-फरक व्यवस्था।
  • घर बाट कर तिर्न सकिने व्यवस्था।

शहरी विकास

  • शहरी योजना आयोगको गठन जसले नगरको दिर्घकालिन विकासका योजना तथा परियोजनाहरुको बारेमा काम गर्नेछ। 
  • सार्वजनिक यातायातको व्यवस्थापनको लागी सहजिकरण समिति बनाई जिपिएस भेईकल ट्रयाकिङ सिस्टम लागु गरिने, यसले धेरै गति र अति कम गतिमा हिड्ने सवारीलाई नियमन गर्न मद्दत गर्दछ।
  • नगरपालिकाको मातहतमा रहेका हलुका सवारी साधनहरुलाई विस्थापित गरी विद्युतिय सवारी साधन प्रयोगमा ल्याउने
  • घरहरु निर्माण गर्दा नगरपालिकाले निशुल्क रुपमा नक्शा उपलब्ध गराउने।
  • १ घण्टामा नक्शा पासको सुविधा।
  • शहरी बाढी नियन्त्रणका लागी वर्षाको पानी संकलन गरी रिभर्स बोरीङको व्यवस्था।
  • पिपिपि मोडलमा सार्वजनिक शौचालयहरुको निर्माण गर्ने।
  • पार्क तथा खुल्ला स्थानहरुमा अपाङ्गता मैत्री, बाल मैत्री र ज्येष्ठ नागरीक मैत्री बनाउने। 
  • घर पालुवा जनावर हरुलाई शौच गराउनको लागी निश्चित स्थान तोक्ने। शौच गरीसकेपछि त्यसलाई सफा गर्नको लागी प्लाष्टिक र डस्टविनको व्यवस्था गर्ने।

अव्यवस्थित बसोबास व्यवस्थापन

  • एकिकृत वस्ति निर्माणको लागी योजना बनाउने।
  • जग्गा व्यवस्थापन गरी अपार्टमेन्ट अपार्टमेन्ट मोडलमा आवासको व्यवस्था गर्ने। 
  • बाँकी क्षेत्रमा खुल्ला स्थान बनाउने

अपाङ्गता भएका व्यक्तिहरुको लागी समावेशी सेवा प्रवाह र विकास

  • नगरपालिकाको सेवा लिन सहज हुने गरी ह्विल चियर पुग्न सक्ने बनाउने। 
  • कान नसुन्नेहरुका लागी दोभाषेको व्यवस्था।
  • नगरका पार्कहरु बालमैत्री, ज्येष्ठ नागरीक मैत्रि र अपाङ्ग मैत्री बनाउने
  •  

नगर स्तरीय मानव संशाधन केन्द्रको स्थापना

  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विस्तार गर्दै नगरका जनशक्तिहरुको सिप र ईच्छा मा आधारित रहेर रेकर्ड राख्ने।
  • नगर भित्र सिर्जना हुने रोजगारीहरुमा रेकर्डमा भएका व्यक्तिहरु मध्येबाट छान्ने व्यवस्था मिलाउने।
  • श्रमिक डेस्कको प्रभावकारी सञ्चालन।

नव प्रवर्तन (ईनोभेसन)

  • बूढानीलकण्ठ स्कुल को सहकार्यमा सुविधा सम्पन्न ईनोभेसन हबको स्थापना।
  • नगर भित्रका प्राविधिक शिक्षा सञ्चालन गरेका विद्यार्थीहरुको सहभागितामा नवप्रवर्तन क्लबको निर्माण।
  • आईडिया कन्भेसन र आईडिया बैङ्कको स्थापना।

उद्यमशिल बूढानीलकण्ठ

  • स्टार्ट अपहरुको लागी साझेदारि कार्यस्थल (को-ओर्किङ स्पेश) को व्यवस्था।
  • व्यवसायिक परामर्श केन्द्रको स्थापना, ईन्क्युबेसन कार्यक्रमको सुरुवात।
  • युवाहरुको सहभागितामा युवा बहुउद्देशिय सहकारी मार्फत विकासको काम गरीनेछ। उक्त सहकारीले युवाको उद्यमशिलता, व्यवसायिक प्रवर्द्धनको काम गर्नेछ। 

महिला विकास

  • महिला उद्यमी र समुहहरुको लागी च्यालेन्ज फन्डको स्थापना गर्ने। महिला समुहहरुले जति रकम हाल्न सक्नुहुन्छ। त्यति नै रकम नगरपालिकाले उनिहरुको व्यवसायिक योजना हेरेर त्यसमा थपिदिनेछ।
  • किशोरीहरुको सशक्तिकरणको लागी सेल्फ डिफेन्स तालिम विद्यालयहरुमा प्रदान गर्ने।

युवा विकासका कार्यक्रम

  • नगरपालिकाको कानुन अनुसार दर्ता भएर अध्यावधिक भएका क्लबहरुलाई सोझै १ लाख बराबरको कार्यक्रम खर्च प्रदान गरिने। 
  • युवा संसदको नियमित अभ्यास गराउने।
  • फ्युचर लिडर कार्यक्रम सञ्चालन गर्ने जसले पालिका वा संसदमा सहभागी हुन चाहने युवाहरुलाई नीति, शासन र योजनाहरुको बारेमा प्रशिक्षण प्रदान गर्ने
  • फ्रेसर्सहरुको लागी ईन्टर्नसिपको अवसर
  • करिअर काउन्सिलिङको व्यवस्था

शिक्षा

  • सार्वजनिक शिक्षा सुधारको लागी सबै पक्षको सहभागितामा विद्यालय सुधार योजना निर्माण गर्ने।
  • शिक्षा प्रशासनमा जनशक्ति थप गर्ने
  • सार्वजनिक विद्यालय र गुठी अन्तरगतका विद्यालयमा वर्षमा ३ पटक शिक्षक तालिमको व्यवस्था।
  • नगर स्तरीय सिकाई उपलब्धि मापनको लागी तल्लो आधारभुत र उपल्लो आधारभुतको नगर स्तरीय विद्यार्थि मुल्याकंन प्रणाली लागु गर्ने।
  • विद्यालयमा प्रयोगात्मक र परियोजना मुलक कार्यहरुको लागी स्रोत र साधनको व्यवस्था गर्ने।
  • विद्यालयमा नन टिचिङ स्टाफ (आया, सुरक्षा गार्ड, लाईब्रेरीयन, व्यवस्थापक) को सङ्ख्या थप्ने। 
  • खेलकुद, संगित सिकाउने कार्यक्रमहरुको सुरुवात
  • ५ वर्षमा १५ वटा विद्यालय सुधार गर्ने
  • नगरपालिका भित्र सञ्चालित सबै विद्यालयको पोशाक एउटै बनाउने।
  • ५ वर्ष भित्र प्रत्येक वडामा शिशु स्याहार केन्द्र सहितको सुविधा सम्पन्न मन्टेस्वरीको स्थापना।

बालमैत्री शहर, बूढानीलकण्ठ नगर

  • बालबालिका खेल्न पाउने र खुल्न पाउने शहर निर्माण गर्ने
  • खुल्ला स्थान निर्माण
  • बालबालिकाका सर्वाङ्गिण विकासको गतिविधीहरु सञ्चालन गर्ने।
  • बाल संगठन निर्माण, विद्यालय स्तरीय प्रतियोगिता हरु सञ्चालन गर्ने।

स्वास्थ्य

  • नगर स्तरीय सुविधा सम्पन्न मेडिकल ल्याबको व्यवस्था, जसमा सर्वसुलभ मुल्यमा टेस्टिङ को सुविधा
  • जेष्ठ नागरीकहरुको लागी घरमै स्वास्थ्य परिक्षण कार्यक्रम
  • स्वास्थ्य चौकिहरुको स्तरोन्नती गरी स्थानीय समुदायको विश्वास जित्न सक्ने गरी गुणस्तर कायम गर्ने।
  • नगरवासिको सेवाको लागी २४ सै घण्टा सेवा रहने गरी २ वटा एम्बुलेन्सको व्यवस्था गर्ने।
  • ५ वर्षमा ४० वटा सिटी क्लिनिक सञ्चालन गरीने। जसमा नसर्ने रोगहरुको अवस्था परिक्षण गर्ने
  • नगरवासिको स्वस्थ खाना खान पाउने अधिकारको लागी खाद्यान्न तथा होटलहरुको नियमित अनुगमन।
  • नगरवासीको मानशिक स्वास्थ्यलाई सहि अवस्थामा राख्नको लागी योग, ध्यान जस्ता कार्यक्रमहरुलाई विद्यालय र समुदाय स्तरमा लाने।
  • नगर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्दै स्वास्थ्य बिमा सहकारीको सुरुवात गराउने।

वातावरणिय तथा विपद व्यवस्थापन

  • भुमिगत पानी रिचार्ज प्रणालीको स्थापना गरी जमिन मुनिको पानिको सतह घट्न नदिने।
  • वायु प्रदुषण नियन्त्रणका लागी प्लास्टिक, टायर, बोरा बाल्ने संस्कृतिलाई दुरुत्साहन गर्न दण्ड जरिवानाको व्यवस्था गर्ने
  • भुमिगत पानी रिचार्ज गर्नको लागी पोखरीहरुको निर्माण गर्ने, नगर परिसरमा नै एउटा पोखरीको निर्माण गर्ने।
  • भिराला जमिनमा स्वरुप बिगार्ने उदेश्यले गरीने कुनै पनि कार्यमा प्रतिबन्ध।
  • दमकलको सेवालाई प्रभावकारी बनाउन नगर परिसरमा नै राख्ने व्यवस्था गर्ने। 
  • भुकम्पबाट हुन सक्ने मानविय क्षति कम गर्नको लागी विद्यालय, कार्यालय हरुमा अभ्यास (ड्रिल)को व्यवस्था गर्ने।
  • भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने। 

 

 

फोहोर मैला व्यवस्थापन

  • फोहोर संकलन प्रणाली एकिकृत व्यवस्थापन र नियमन गर्न सुचना प्रविधीको प्रयोग गर्ने।
  • विद्यालय तह देखीनै फोहोर नगर्नको लागी जनचेतनामुलक कार्यक्रम
  • कार्यालयहरुमा कुहिने र नकुहिने फोहोर छुट्याउनको लागी आवश्यक व्यवस्था गर्ने
  • सडक तथा सार्वजनिक स्थलका फोहोर हरुको नियमित व्यवस्थापन

खानेपानी

  • नगर भित्र स्थानीय रुपमा सञ्चालित योजनाहरुलाई नगरपालिका मातहत ल्याएर खानेपानी बोर्ड मार्फत सञ्चालन गरी उपभोक्ता मुल्य अहिलेको भन्दा ३०% कम गर्ने ।
  • वर्षाको पानी संकलन गरी पिउन योग्य बनाउनको लागी योजनाहरु सञ्चालन गर्ने। 
  • खानेपानीको व्यवस्थापनको लागी वार्षिक २० करोडको व्यवस्थापन गर्ने।

नागरीक सहभागिता

  • नागरीक सभाको व्यवस्था, मुख्य नीति र कार्यक्रमहरुमा नागरीको अभिमत प्रकट गर्ने अवसर।
  • टोल सुधार समितिलाई वार्षिक १ लाखको बजेट। जसबाट उहाँहरुले आफ्नो टोलको सामान्य मर्मत र विकास निर्माण आफैले गर्न सकुन।
  • खरिद योजना बारे जनतालाई बुझाएर यसका प्रक्रियाको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने।

नगर विकास समन्वय समिति

  • संघिय र प्रादेशिक सांसद हरु सहित नगर प्रमुख, उप-प्रमुख सम्मिलित समितिले नगरको को दिर्घकालिन नीति निर्माणको काम गर्ने
  • स्रोत व्यवस्थापनको लागी संघ, प्रदेश र दातृ निकायहरु सँग सामुहिक पहल गर्ने
  • नगरपालिकाको दिगो विकासका कार्यक्रमहरुलाई कार्यान्वयनमा लान आवश्यक सहजिकरण गर्ने

संस्कृति संरक्षण

  • जात्रा सञ्चालन गर्ने गुठीहरुलाई वार्षिक रुपमा बजेट सहयोग गर्ने। नगरपालिका धाउन नपर्ने।
  • सांस्कृतिक पर्वहरुको सञ्चालनलाई व्यवस्थित बनाउने
  • नेवार, तामाङ र किराँत संस्कृतिको सम्बर्द्धनको लागी सांस्कृतिक विकास समितिको गठन गर्ने।

खेलकुद विकास

  • छुट्टै युवा तथा खेलकुद शाखाको स्थापना।
  • पाँच वर्ष भित्र बि-डिभिजन स्तरको फुटबल क्लब बनाउने। 
    • फुटबल एकेडेमी बनाउने
    • विद्यालय स्तरिय प्रतियोगिताहरु सञ्चालन गर्ने
    • बूढानीलकण्ठ गोल्डकप आयोजना गर्ने
  • बास्केटबलमा राष्ट्रिय च्याम्पियन बन्ने
  • कराँते, तेक्वान्दो जस्ता खेलहरुमा राष्ट्रिय र अन्तराष्ट्रिय पदक ल्याउन सकिने गरी काम गर्ने।
  • विद्यालय तहमा खेलकुद प्रतियोगिताहरु वार्षिक क्यालेण्डर बनाई सञ्चालन गर्ने।

पर्यटन

  • खेल पर्यटन मार्फत नगरको आर्थिक विकास गर्न नगरभित्र फुटबल, बास्केटबल र क्रिकेटको व्यवसायिकता प्रवर्द्धन गरीनेछ।
  • पर्यटन बोर्डलाई सहभागिता मुलक बनाउँदै यसको क्षमता विकासको काम गर्ने।
  • नगर भित्रका मन्दिर, जात्रा, पर्व र धार्मिक स्थलहरुको रेखदेख, विकास र व्यवस्थापनको लागी कानुन निर्माण गर्ने।  
  • साईक्लिङ पार्क, स्केट पार्क निर्माण गर्ने।

आर्थिक विकास

  • महिलाहरुको लागी नगरपालिकाले छुट्टै ई-कमर्श मार्केट प्लेसको स्थापना गरेर गृहीणीहरुले बनाएका घरेलु उत्पादनहरुको अनलाईन व्यापारको व्यवस्था गर्ने। जसले गर्दा घरेलु उत्पादनको घरेलु माग नै हुँने संस्कृति विकास गर्न सकिन्छ।   
  • प्रत्येक वडामा सुपथ मुल्य सहकारी किराना पसलहरुको स्थापना गर्ने।
  • एकिकृत कृषक सहकारीको निर्माण गरी उत्पादन, बजार व्यवस्थापन र वितरणमा सहयोग गर्ने संस्थाको निर्माण गर्ने।
  • आउट सोर्सिङ तथा सफ्टवेयर कम्पनीहरु खोल्नको लागी सहजिकरण गर्ने। 
  • प्रविधीमा आधारीत सेवा क्षेत्रका कम्पनीहरु खोल्न प्रोत्साहन गर्ने।
  • स्थानीय समुदायको सहभागितामा परम्परागत सिपमा आधारीत उद्योग हरुको स्थापना।
  • सहकारीहरुको समन्वय गर्दै क्षमता वृद्धि गरी नगर विकासमा सहभागी गराउने।